नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता लागूऔषध कारोबारमा दोषी ठहर भएका छन् ।
जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्तासहित दुई जनालाई कसूरदार ठहराएको हो । कसूर ठहर हुने अर्का व्यक्ति गाउँपालिकाका नगर प्रहरी रघुनाथप्रसाद धोबी हुन् ।
अध्यक्ष गुप्तासहित धोबीलाई कसूर ठहर भए पनि सजाय निर्धारणको लागि फागुन २९ गते पेशी तोकिएको छ ।