१ रुपैयाँ तिरेर फिल्म ‘चिसो मान्छे’ हेर्न पाइने

 संवाददाता    २०८१, २२ फाल्गुन बिहीबार ०९:१३     94 जनाले पढ़िसके



Spread the love

१ रुपैयाँ तिरेर ‘चिसो मान्छे’ हेर्न पाइने भएको छ । चैत २ गते नेपाल टेलिकमको एनटीटीभीमा मात्र रु.१ मा आफ्ना साथीभाइ एवं परिवारका साथ चलचित्र चिसो मान्छे हेर्न सकिने भएको हो ।

टेलिकमका अनुसार यसका लागि NTTV को Movie Section मा क्लिक गर्ने र त्यसपछि One Day Movie Rs.1 मा क्लिक गर्नुपर्नेछ ।

त्यसपछि Buy Option मा क्लिक गरेर आफ्नो NT मोबाइल नम्बर enter गर्नुपर्नेछ । त्यससँगै १ रुपैयाँ तिर्नुपर्नेछ जुन मोबाइल ब्यालेन्सबाट कटौती हुनेछ ।

उक्त प्रक्रिया पूरा भएपछि मोबाइल नम्बरमा ओपीटी प्राप्त हुने र सोको भेरिफाइ भएपछि फिल्म हेर्न सकिने टेलिकमले बुधबार फेसबुकमार्फत जनाएको छ ।

chiso manche