हङकङबाट काठमाडौं आएका युवा कोकिनसहित विमानस्थलमा समातिए

 संवाददाता    २०८१, २१ फाल्गुन बुधबार १८:१८     93 जनाले पढ़िसके



Spread the love

हङकङबाट काठमाडौं आएका एक युवा कोकिनसहित विमानस्थलमा समातिएका छन् ।

पक्राउ पर्नेमा सुनसरी घर भएका २५ वर्षीय मनिश राई छन् । नेपाल एअरलाइन्सको उडानमार्फत हङकङबाट काठमाडौं आएका उनी ३ ग्राम २९ मिलिग्राम कोकिनसहित विमानस्थलबाट पक्राउ परेका हुन् ।

 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको चेकिङ एरियाबाट उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको छ ।