थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

 संवाददाता    २०८१, २१ फाल्गुन बुधबार ११:४५     62 जनाले पढ़िसके



Spread the love

थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिए ।

पाइप मर्मतसँग मेलम्चीको पानी सुचारु गरिएको छ ।