निष्कासित नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौँ अवतरण (तस्बिरहरू)

 संवाददाता    २०८१, २१ फाल्गुन बुधबार ११:१०     61 जनाले पढ़िसके



Spread the love

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौँ आइपुगेको छ ।

अध्यागमन कानुन उल्लङ्घन गर्ने केही नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज बुधबार बिहान १० बजे काठमाडौँ अवतरण गरेको हो ।

 

निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका थिए।