कलाकार संघले घोषणा गर्‍यो पुरस्कार र सम्मान

 संवाददाता    २०८१, २० फाल्गुन मंगलवार २०:०५     84 जनाले पढ़िसके



Spread the love

चलचित्र कलाकार संघले आधा दजर्न बढी कलाकर्मीलाई पुरस्कार र सम्मान प्रदान गर्ने भएको छ ।

नेपाल चलचित्र कलाकार संघको हालै बसेको कार्यकारिणी समितिको बैठकले पुरस्कार र सम्मानको निर्णय गरेको हो । जसको जानकारी संघले विज्ञाप्तिमार्फत दिएको छ ।

नेपाली चलचित्रमा अभिनय गरेर लामो समय निरन्तर योगदान पुर्‍याएका कलाकारको योगदानको कदर गर्न बसुन्धरा भुसाल अध्यक्ष रहेको यो संघ २०५५ सालमा स्थापना भएको हो ।

संघले घोषणा गरेअनुसार २०७८ सालको नेपाल चलचित्र कलाकार संघ पुरस्कार अभिनेता मुकुन्द किशोर भट्टराई, २०७९ सालको पुरस्कार लय संग्रौला र २०८० सालको पुरस्कार अभिनेता पुरण जोशीलाई प्रदान गरिनेछ ।

त्यस्तै शान्ति मास्के स्मृति पुरस्कार गौरी मल्ल प्रदान गरिने भएको छ ।

नेपाल चलचित्र कलाकार संघ पुरस्कारमा जनही ७५ हजार रुपैयाँसहित सम्मान पत्र रहनेछ । शान्ति मास्के स्मृति पुरस्कारको राशि ५६ हजार रुपैयाँ रहेको छ।

यस्तै संघले स्व. गोपाल राउत स्मृति पुरस्कार रामकाजी घिमिरे, र नेपाल चलचित्र कलाकार संघले सालिन्दा पदान गर्दै आइरहेको सम्मान डा. रुपक घिमिरे, अभिनेता धिरेन शाक्य, सञ्चारकर्मी कृष्ण भट्टराई, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाह र एयरसेल ट्राभललाई अर्पण गर्ने भएको छ ।

सबै पुरस्कार र सम्मान चैत ४ गते आयोजना हुने वार्षिक साधारण सभामा अर्पण गरिने कलाकार संघका अध्यक्ष मोहन निरौला हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।