राम्रो गर्न खोज्दा असफल बनाउने गरेको प्रधानमन्त्रीको गुनासो

 संवाददाता    २०८१, २० फाल्गुन मंगलवार १४:३४     129 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गर्न खोज्दा विरोध गर्ने र झुटो आरोप लगाएर असफल पार्ने प्रयास भएको बताएका छन् ।

ट्रेड युनियन आन्दोलनको ७८ औँ स्थापना दिवसका अवसरमा मङ्गलवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ड्रामा गर्नेहरूको लहर नै चलेको बताएका हुन् ।

‘नेपालमा एक खालको लहर के छ भने राम्रो काम कसैले गर्न खोज्यो भने त्यसको विरोध गर्ने, झुटो आरोप लगाउने र विरोध गर्ने’, ओलीले भने, ‘सरकारले अलिकति राम्रो काम गरौँ भनेर गर्न खोज्दा त्यसलाई गर्नै नदिने ।’

उनले प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रतर्फ सङ्केत गर्दै त्यस्ता शक्तिहरू ड्रामामै रमाउने गरेको पनि बताए ।

‘आफू सरकारमा भयो भने ड्रामा गर्ने । ड्रामामै समय बित्छ । अनि अर्कोले गर्न खोज्यो भने विरोध गर्दै कसरी असफल बनाउन सकिन्छ भनेर लाग्ने’, आफू नेतृत्वको अघिल्लो सरकारले धेरै राम्रा र ऐतिहासिक काम गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।