मेलम्चीको पाइपलाइन फुटेपछि यस्तो देखियो थापाथली क्षेत्रको सडक,

 संवाददाता    २०८१, २० फाल्गुन मंगलवार ०८:१२     65 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । थापाथली चोकबाट नर्भिक हस्पिटल जाने सडकमा मंगलबार बिहान मेलम्चीको पाइपलाइन फुटेको छ ।

पाइपलाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किएको छ ।

 

यस्तै सडकपेटीमा समेत क्षति पुगेको देखिन्छ भने सडकभरि हिलो, बालुवा र गिट्टी छरिएका छन् । पाइपलाइन फुट्नुको कारण भने हालसम्म खुलेको छैन ।