केपी ओली कपले यातायात अस्तव्यस्त

 संवाददाता    २०८१, १९ फाल्गुन सोमबार २०:२९     82 जनाले पढ़िसके



Spread the love

केपी ओली कपले काठमाडौँको यातायात अस्तव्यस्त भएको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि खेल जारी छ ।

विभागीय टोली त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबबिच भिडन्त हेर्न दर्शकको बाक्लो उपस्थित रहेको छ । त्रिपुरेश्वरसहित आसपासका क्षत्रमा चर्को जाम रहेको प्रहरीले जनाएको छ ।

टेकु, कलंकी, बानेश्वर, रत्नपार्क, सुन्धारा, जमल, थापाथली र भित्री सडकमा जाम रहेको प्रहरीको भनाइ छ ।