सर्लाहीको बागमतीमा चार दिनअघि मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ ।
गएको मङ्गलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालक बागमती नगरपालिका–१०, बस्ने ४० वर्षीय द्रोणप्रसाद आचार्य र पछाडि सवार सोही ठाउँका ४० वर्षीय अशेष महतो घाइते भएका थिए । बरहथवाबाट सोल्टीतर्फ आउँदै गर्दा ना ३१ प ५०३३ नम्वरको मोटरसाइकल तीव्र गतिका कारण सडकबाट खेतमा खस्दा आचार्य र महतो घाइते भएका थिए ।
घाइतेमध्ये चालक आचार्यलाई गएराति भरतपुर सरकारी अस्पताल चितवनबाट थप उपचारका लागि काठमाडौंतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्युु भएको प्रहरी चौकी राजघाटले जनाएको छ । मृतकको शव आज प्रादेशिक अस्पताल मलङ्गवामा ल्याएर पोष्टमार्टमपछि परिवारले बुुझेर लगेका छन् ।
ढाडमा चोट लागेर घाइते मोटरसाइकल पछाडि सवार अशेष महतो भने प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचारपछि डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ ।