एमालेले जनवर्गीय संगठनको पदाधिकारी संख्या घटायो, अब ९ जना रहने

 संवाददाता    २०८१, १८ फाल्गुन आईतवार २०:००     75 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेले जनवर्गीय संगठनमा केन्द्रीय पदाधिकारीको संख्या घटाएर ९ जनाको मात्रै बनाउने भएको छ ।

आइतबार पार्टी कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले केन्द्रीय पदाधिकारीको संख्या घटाएर ९ मा सीमित गर्ने निर्णय गरेको हो ।

 

यसअघि एमालेका जनवर्गीय संगठनहरूमा १७ सदस्यीय केन्द्रीय पदाधिकारी रहने व्यवस्था थियो ।

पार्टीका महासचिव शंकर पोखरेलका अनुसार अध्यक्ष एक जना, उपाध्यक्षमा एक जना महिलासहित २ जना, महासचिव एक जना, उपमहासचिव १ जना र सचिवहरूलाई जिम्मेवारी दिनेगरी (प्रचार, विदेश मामिला र संगठन हेर्नेगरी र आर्थिक जिम्मेवारी हेर्नेगरी कोषाध्यक्षको व्यवस्था गर्ने) ९ जना पदाधिकारी रहनेछन् ।

 

अब संगठनहरू केन्द्रीय कमिटी र केन्द्रीय सचिवालय मात्रै रहने निर्णय भएको पनि उनले बताए ।