टाइगरको जन्मदिनमा ‘बागी-४’ को नयाँ पोस्टर सार्वजनिक

 संवाददाता    २०८१, १८ फाल्गुन आईतवार १५:४२     90 जनाले पढ़िसके



Spread the love

बलिउड अभिनेता टाइगर श्राफ आज आफ्नो ३५ औं जन्मदिन मनाउँदैछन्। यसैबिच निर्माता साजिद नाडियाडवालाले टाइगरका फ्यानहरूलाई उपहार दिएका छन्।

‘बागी-४’ बाट अभिनेताको लुकको नयाँ पोस्टर रिलिज भएको हो । नाडियाडवाला ग्रान्डसन प्रोडक्सनको इन्स्टाग्राम ह्यान्डलबाट साझा गरिएको पोस्टमा टाइगरलाई ट्याग गर्दै लेखिएको छ– जन्मदिनको शुभकामना टाइगर श्राफ। रोनी, तिम्रो आउँदो वर्ष एक्सनले भरिपूर्ण रहोस्। शुभकामना।’

साथै, पोस्टमा फिल्मको रिलिज मिति पनि उल्लेख गरिएको छ। यो फिल्म सेप्टेम्बर ५ मा रिलिज हुनेछ।

नयाँ पोस्टरमा टाइगरको आधा अनुहार देखिन्छ। उनको टाउकोबाट रगत बगिरहेको देख्न सकिन्छ ।

टाइगरले पनि आफ्नो इन्स्टाग्राम ह्यान्डलबाट पोस्टर सेयर गरेका छन्। अभिनेताले बागी फ्रान्चाइजीको लागि कृतज्ञता व्यक्त गरेका छन्।

उनी लेख्छन्- ‘त्यो फ्रान्चाइजी जसले मलाई पहिचान दियो र आफूलाई एक्सन हिरोको रूपमा प्रमाणित गर्ने मौका दियो। अब त्यही फ्रान्चाइजीले मेरो पहिचान परिवर्तन गर्दैछ। यसपालि ऊ पहिले जस्तो छैन तर मलाई आशा छ कि तपाईंहरुले उसलाई ८ वर्ष पहिले जस्तै स्वीकार गर्नुहुनेछ ।’

‘बागी’ सन् २०१६ मा रिलिज भएको थियो। यो फिल्म यति सफल भयो कि त्यसपछि यस फ्रान्चाइजका तीन फिल्म रिलिज भएका छन्।

मिस युनिभर्स हरनाज सन्धु ‘बागी ४’ मा टाइगरसँग देखिनेछिन्। यो उनको बलिउड डेब्यू फिल्म हुनेछ। जबकि सञ्जय दत्त फिल्ममा खलनायकको भूमिकामा देखिनेछन्।