प्रधानमन्त्री केपी ओलीले कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने

 संवाददाता    २०८१, १८ फाल्गुन आईतवार १४:४०     104 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन्। फागुन २३ गते बस्ने प्रदेश सभा बैठकमा उनले सम्बोधन गर्ने निश्चित भएको मुख्यमन्त्री यामलाल कँडेलले बताए ।

मुख्यमन्त्री कँडेलले आइतबार ओलीलाई यससम्बन्धी पत्र हस्तान्तरण गरिसकेका छन् । काठमाडौँमा प्रधानमन्त्री ओलीलाई भेटेर उनले निम्तापत्र हस्तान्तरण गरेका हुन् ।

केही अघि प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गरेका थिए ।