केआईआईटीबाट फर्किएका नेपाली विद्यार्थीबारे सरकारको योजना के छ ?

 संवाददाता    २०८१, १८ फाल्गुन आईतवार १३:३८     53 जनाले पढ़िसके



Spread the love

भारतको भुवनेश्वरस्थित केआईआईटी कलेजबाट फर्किएका नेपाली विद्यार्थीबारे सरकारको योजनाको खोजी भएको छ ।

आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह (गरिमा)ले केआईआईटीबाट फर्किएका नेपाली विद्यार्थीबारे सरकारको योजना मागेकी हुन् ।

 

‘नेपाल फर्किएका विद्यार्थीहरूको बारेमा सरकारसँग के जानकारी छ ? उनीहरूको भविष्यको बारेमा सरकारले के योजना बनाइरहेको छ । यसको जवाफ चाहन्छु’ उनले भनिन् ।