मोटरसाइकलको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु, ३ जना घाइते

 संवाददाता    २०८१, १८ फाल्गुन आईतवार १२:५७     65 जनाले पढ़िसके



Spread the love

मोटरसाइकलको ठक्करबाट भक्तपुरमा एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पैदलयात्री भक्तपुर नगरपालिका–७ गोलमढीकी ७० वर्षीया तुलसीमाया तुसिबाख छिन् । उनलाई सूर्यविनायक नगरपालिका–८ जगाती पुल नजिक बा ४१ प ३३४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । जगातीबाट साँगातर्फ जादै गरेको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते थिए ।

 

उपचारका लागि सूर्यविनायक नगर अस्पतालमा लगिएको शनिबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकलकै ठक्करबाट तीन जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालकलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।