मन्नत छाडेर अपार्टमेन्टमा बस्ने तयारीमा शाहरूख खान

 संवाददाता    २०८१, १८ फाल्गुन आईतवार १२:२२     88 जनाले पढ़िसके



Spread the love

बलिउड अभिनेता शाहरूख खान मन्नत छाडेर केही समयका लागि मुम्बईको पाली हिलमा बस्ने तयारीमा छन्।

शाहरूखले दुई ठूला डुप्लेक्स अपार्टमेन्ट तीन वर्षका लागि भाडामा लिएका छन्। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार शाहरूखको मन्नतमा मर्मतको काम चलिरहेको छ। जुन दुई वर्षसम्म लाग्नेछ। शाहरूखको नयाँ अपार्टमेन्ट मन्नतबाट केही समयको दुरीमा छ।

शाहरूखले भगनानी परिवारबाट दुई अपार्टमेन्ट भाडामा लिएका हुन्। पहिलो अपार्टमेन्ट अभनेता ज्याकी भगनानी र बहिनी दीपशिखा देशमुखको हो। दोस्रो फिल्म निर्माता वाशु भगनानीको हो।

रिपोर्टअनुसार शाहरूखले उक्त अपार्टमेन्ट लिजमा लिएका छन्। रितेशको अपार्टमेन्टको मासिक भाडा साढे ११ लाख भारू छ, जसका लागि उनले ३३ लाख भारूको सेक्यूरिटी एड्भान्स राखेका छन्। उता भगनानीको अपार्टमेन्टको मासिक भाडा साढे १२ लाख भन्दा बढी छ, जसका लागि ३६ लाखको सेक्यूरिटी एडभान्स राखिएको छ। यसरी यी दुई अपार्टमेन्टमा बस्न शाहरूखले महिनाको २४ लाख भारू भाडा तिर्नेछन्।

शाहरूख खान र गौरी खानले महाराष्ट्र कोस्टल जोन म्यानेजमेन्टलाई पत्र लेख्दै मन्नतमा थप दुई तल्ला थप्ने अनुमति मागेका थिए। हाल मन्नत छ तल्लाको छ। अनुमति प्राप्त भइसकेको छ, जसका कारण निर्माण कार्य प्रारम्भ भएर सम्पन्न नहुँदासम्म शाहरूख भाडाको घरमा बस्नेछन्।