बैतडीमा दाजुको गोली प्रहारबाट घाइते भएका युवकको मृत्यु

 संवाददाता    २०८१, १८ फाल्गुन आईतवार १२:१०     64 जनाले पढ़िसके



Spread the love

बैतडी । बैतडीमा दाजुको गोली प्रहारबाट घाइते भएका युवकको मृत्यु भएको छ। दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्ट शनिबार राती गोली लागेर गम्भीर घाइते भएका थिए।

उनीमाथि दाजु नाता पर्ने ४० वर्षीय कर्णबहादुर विष्टले वन्दुकको गोली प्रहार गरेका थिए । लेनदेनका विषयमा विवाद हुँदा कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रलाई जिल्ला अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए। गोली प्रहार गर्ने कर्णबहादुर फरार रहेका छन् ।

उनको खोजी र घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बलदेब बडू, इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउँद, खोचलेक प्रहरी चौकीबाट सई गणेश कडायत नेतृत्वको टोली खटिएको जनाइएको छ।