रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने प्रचण्डकाे प्रतिबद्धता

 संवाददाता    २०८१, १७ फाल्गुन शनिबार २०:५८     107 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरमा रहेकाे रिङ्कुकुमारी सदाको घरमा पुगेर उहाँलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सामूहिक बलात्कार पीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि उहाँ मृत फेला पर्नुभएको थियो । ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ का क्रममा सिरहा पुग्नुभएका अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेताहरू आज रिङ्कुको घरमा पुग्नुभएको हो ।

unn.prixa.net

आफ्नो पार्टीले रिङ्कुलाई न्याय दिलाउन संसद्मा आवाज उठाएको जानकारी दिँदै उहाँले जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताउनुभएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

गएकाे माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताउनुभएको थियो ।