माधवनारायण–४ का वडाध्यक्ष मुखियाको निधन

 संवाददाता    २०८१, १७ फाल्गुन शनिबार १०:४२     125 जनाले पढ़िसके



Spread the love

रौतहट । माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ ।

फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित उनी २०७४ को चुनावमा पनि वडा अध्यक्षमा नै विजयी भएका थिए ।