नेमकिपाको आठौँ महाधिवेशन आजदेखि शुरू

 संवाददाता    २०८१, १६ फाल्गुन शुक्रबार १२:३४     53 जनाले पढ़िसके



Spread the love

काठमाण्डौ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशन आजदेखि शुरू हुँदैछ । महाधिवेशनको दिउँसो १ बजे भक्तपुरमा उद्घाटन गर्ने कार्यक्रम छ ।

नेमकिपाको आठाैँ महाधिवेशनले देश तथा विदेशका विभिन्न विषयमा केन्द्रित भएर बृहत् छलफल गर्दै विभिन्न एजेण्डा पारित गर्ने केन्द्रीय सदस्य सरोजराज गोसाईँले बताउनुभएको छ ।

महाधिवेशनमा काठमाण्डौ, भक्तपुर, ललितपुरसहित सातै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताको सहभागिता रहने छ ।

अध्यक्ष नारायणमान विजुक्छेँ ‘रोहित’को नेतृत्वमा वि.सं.२०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको थियो ।

पार्टीको साताैँ महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष बिजुक्छेँ नै सर्वसम्मत अध्यक्ष चुनिँदै आउनुभएको छ । महाधिवेशन यही फागनु १९ गते सकिनेछ ।