नेपाल आएकी महाकुम्भकी ‘भाइरल गर्ल’लाई हेर्न हजारौं ओइरिए

 संवाददाता    २०८१, १५ फाल्गुन बिहीबार १६:३४     97 जनाले पढ़िसके



Spread the love

अहिले रौतहटको मौलापुरमा मधानी महायज्ञ चलिरहेको छ । त्यहाँको पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यले मौलापुर नगरपालिकाले महोत्सव गरेको हो ।

महोत्सव अवधिमा सांस्कृतिक कार्यक्रम पनि भैरहेको छ । महोत्सवको पहिलो दिन भारतीय गायक रितेश पाण्डे, विनय बिहारी, मोनालिसा, निर्देशक सनोज मिश्रा, शिखर संतोष, प्रिया सोहानी, नेपाली कलाकार प्रीति पासवान, रचना शिवाकोटी, सुनील पण्डित, विशाल यादव, दीपलाल यादव, नन्दू श्रीवास्तवले प्रस्तुति दिए ।

तीमध्ये महोत्सवमा आकर्षणको केन्द्र बनिन् भारतीय भाइरल गर्ल मोनालिसा भोस्ले । प्रयागराजमा हालै चलेको महाकुम्भमा फूलमाला बेच्न बसेको बेला भाइरल भएकी नीला आँखावाली मोनालिसाले मधानी महायज्ञमा प्रस्तुति समेत दिइन् । उनले नृत्य प्रस्तुति दिएकी थिइन् ।

उनको प्रस्तुति हेर्न हजारौंको संख्यामा दर्शक ओइरिएको पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले बताएका छन् । मोनालिसाले पनि फेसबुकमार्फत आफ्नो पहिलो विदेश भ्रमण नेपाल रहेको बताउँदै शिवरात्रि महोत्सवमा डान्स गरेको बताएकी छन् । ‘लभ यू मेरी फेमिली, मेरे सबसे बडी स्टेज शो’ उनले भनेकी छन् ।

भाइरल गर्ल मोनालिसालाई महाकुम्भकै क्रममा एक फिल्म खेल्ने अफर समेत आएको थियो ।

 

यो पनि पढ्नुहोस

नीला आँखावाली भाइरल गर्ल मोनालिसालाई फिल्मको समेत अफर