खेलकुद महासंघ सुनसरीका अध्यक्षसहितका नेताहरू माओवादी प्रवेश

 संवाददाता    २०८१, १५ फाल्गुन बिहीबार १५:५६     95 जनाले पढ़िसके



Spread the love

नेकपा एमाले निकट खेलकुद महासंघ सुनसरीका अध्यक्ष पुष्कर कार्कीसहित विभिन्न दलका नेता तथा कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

कार्की रेडक्रस सुनसरीका सचिव तथा जेसिस, लायन्स क्लब लगायत संघसंस्थाको नेतृत्व तहमा रहेका छन् ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सुनसरीको गढी गाउँपालिकामा आयोजित सभामा उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका पदाधिकारीले स्वागत गरेका थिए ।

पार्टी प्रवेश गर्ने अन्य नेता तथा कार्यकर्ताहरूमा एमाले जिल्ला सदस्य सुकलाल उराव, एकीकृत समाजवादीका रोशन खड्का, तरुण दलका पूर्वजिल्ला उपाध्यक्ष राजीव चौधरी, एमाले गढी गाउँपालिका–६ का इन्चार्ज चितनारायन खेरवारलगायत रहेका छन्