राजेन्द्र महतोको पार्टीले संगठन विस्तार अभियान सञ्चालन गर्ने

 संवाददाता    २०८१, १५ फाल्गुन बिहीबार १५:५५     73 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी, नेपालले संगठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ ।

बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष राजेन्द्र महतोले यस्तो बताएका हुन् । संगठन बिस्तार, प्रशिक्षण तथा अर्थ संकलनको ४५ दिने अभियान सञ्चालन गर्न लागिएको उनले बताए। पार्टीलाई विभिन्न अभियानमार्फत स्थानीयस्तरमा संगठित बनाइने उनको भनाइ छ ।

अध्यक्ष महतोले विचार मिल्ने पार्टीसँग एकता र एकीकरणका लागि वार्ता भइरहेको समेत बताए ।