रिलका लागि छुट्टै एप ल्याउँदैछ इन्स्टाग्राम ?

 संवाददाता    २०८१, १५ फाल्गुन बिहीबार ११:१४     66 जनाले पढ़िसके



Spread the love

अमेरिकामा चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकको भविष्य अनिश्चित छ । यो देखेर इन्स्टाग्रामले शर्ट भिडियो फिचर रिल्सलाई छुट्टै एपको रूपमा सुरु गर्न सक्ने भएको छ ।

प्रविधि क्षेत्रको प्रकाशन ‘द इन्फर्मेसन’का अनुसार, इन्स्टाग्राम प्रमुख एडम मोसेरीले यस हप्ता कर्मचारीहरूलाई यसबारे जानकारी गराएका हुन् । तर, इन्स्टाग्रामको मातृ कम्पनी मेटाले यस सम्बन्धमा बीबीसीले सोधेको प्रश्नमा कुनै उत्तर दिएको छैन । यस वर्षको जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई स्थानीय कानुन पालना गर्न ७५ दिनको समय दिएका थिए ।

यो कानुन पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले बनाएको थियो । यस कानुन अनुसार, टिकटकले अमेरिकी कानुनको पालना गरेर स्थानीय कम्पनीलाई बेचेन भने यसले ा प्रतिबन्धको सामना गर्नुपर्नेछ ।