क्यानडाले रुसी तेल ट्याङ्कर र जहाजहरूमा लगायो नयाँ प्रतिबन्ध

 संवाददाता    २०८१, १४ फाल्गुन बुधबार १०:४२     79 जनाले पढ़िसके



Spread the love

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसी तेल ट्याङ्कर र जहाजहरूमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एउटा पोस्टमार्फत उनले यो प्रतिबन्धको घोषणा गरेका हुन् ।

‘रुसले तेलबाट कमाएको पैसाले युक्रेनमा आफ्नो युद्धलाई आर्थिक सहयोग गरिरहेको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबाट बच्न रुसले अवैध रूपमा जहाजहरू मार्फत विश्वभर आफ्नो तेल ढुवानी गरिरहेको छ ।’ पोस्टमा ट्रुडोले लेखेका छन् । आफूले किभमा रहेका १०९ रुसी तेल ट्याङ्कर र जहाजहरूमा नयाँ प्रतिबन्धहरूको घोषणा गरेको पोस्टमा उनले भनेका छन् ।

शान्तिको लडाई एक्लै जित्न सकिँदैन । त्यसैले हामी यहाँ (युक्रेन) छौँ । मैले कीभमा राष्ट्रपति जेलेन्स्कीसँग कुरा गरेँ र भनेँ कि क्यानडा सधैँ युक्रेनको साथमा उभिनेछ ।’ हालै किभ भ्रमणमा गएको सन्दर्भमा उनले भनेका थिए । युक्रेनमा शान्ति स्थापना गर्न र सार्वभौमसत्ता कायम राख्न क्यानडाबाट नयाँ सैन्य सहयोग प्रदान गर्ने बारेमा कुरा गरेको पनि उनले बताए ।