पाथीभरामा सरकारको जबरजस्तीलाई स्थानीयले आतंकको संज्ञा दिए : अनिता देवी

 संवाददाता    २०८१, १३ फाल्गुन मंगलवार १३:५०     77 जनाले पढ़िसके



Spread the love

जनमत पार्टीकी सांसद अनिता देवीले ताप्लेजुङको पाथीभरामा केवलकाल निर्माणको विषयलाई लिएर सरकारले गरेको हस्तक्षेपलाई स्थानीयले आतंकको संज्ञा दिएको बताएकी छन् ।

‘पाथीभरा क्षेत्रमा भएको विवादलाई स्थानीयले आतंकको संज्ञा दिएका छन् । स्थानीय जनताले उक्त क्षेत्रमा केवलकार बन्न हुँदैन भनेका छन्’ उनले भनेकी छन्, ‘स्थानीय जनताको सहमतिबिना जबरजस्ती परियोजना अगाडि बढाउन खोजिएकोले मुकुम्लुङ अहिले तनावग्रस्त बनेको छ ।’

 

प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले स्थानीयसँग सहमति र समन्वय गरेर मात्रै अगाडि बढ्न सरकारलाई आग्रह गरेकी छन् ।