जयराज लिम्बुसहित सयौँ माओवादी केन्द्र प्रवेश

 संवाददाता    २०८१, १३ फाल्गुन मंगलवार १२:४०     70 जनाले पढ़िसके



Spread the love

मोरङको कानेपोखरीमा आज लामो समयसम्म नेपाली काङ्ग्रेसमा योगदान पुर्‍याएका पुराना नेता जयराज संयोग लिम्बुसहित सयौँ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। लामो समय काङ्ग्रेमा योगदान गरेका लिम्बु गत २०७९ को निर्वाचनमा स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका थिए ।

जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् । कानेपोखरी गाउँपालिकाबाट मात्रै नौ सय र अन्य पालिकाबाट गरी एक हजार बढी प्रवेश गरेको र प्रवेश गर्ने अधिकांश एमाले कार्यकर्ता रहेको माओवादी केन्द्र मोरङले जनाएको छ।

पार्टी प्रवेश गर्दै लिम्बुले आगामी निर्वाचनमा माओवादीको पक्षमा दुई तिहाइ बहुमत ल्याएर कोशी प्रदेशको नाम खारेज गरेर पहिचान स्थापित गर्न आफू माओवादी केन्द्रमा प्रवेश गरेको बताए।

अब माओवादीलाई पहिचान पक्षधरको छाता पार्टी बनाउन योगदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।