मिसन इलाकातर्फ ११८ जना नेपाली शान्ति सैनिक

 संवाददाता    २०८१, १२ फाल्गुन सोमबार १५:४३     101 जनाले पढ़िसके



Spread the love

११८ जना नेपाली शान्ति सैनिक मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ दि फेमश महिन्द्रदल गण (शान्ति सेना) छैठौँ डफ्फालाई बदली गर्नको लागि रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फाका ११८ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली नेपालबाट इलाकातर्फ प्रस्थान गरेको हो ।

सेनानी कपिल कुमार सिंहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड बिमानद्वारा उनीहरु मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी छैठौँ डफ्फामा कार्यरत ११६ जना शान्ति सैनिकहरू सेनानी दिपेश राना मगरको नेतृत्वमा स्वदेश फिर्ता भएका थिए ।

हाल उक्त मिसनमा नेपाली सेनाका १२४४ जना शान्ति सैनिकहरू कार्यरत छन् ।