म्याग्दीको बेनीमा सहकारीको डेढ अर्ब हिनामिना अभियोगमा थप एक जना पक्राउ

 संवाददाता    २०८१, ९ फाल्गुन शुक्रबार १४:१०     43 जनाले पढ़िसके



Spread the love

म्याग्दी – म्याग्दीको बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्ब ४९ करोड रुपैयाँ अपचलनमा संलग्न भएको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई पक्राउ गरी जिल्ला अदालत म्याग्दीबाट यही फागुन १३ गतेसम्मका लागि म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक सागर पौडेलले पुनलाई यसअघि माघ २० गते पक्राउ परेका अन्य पाँच जनासँगै अदालत उपस्थित गराउने गरी म्याद थप भएको बताउनुभयो ।

पोखरामा रहेको सहकारी रजिष्ट्रारको कार्यालयका अनुसार ६ हजार बचतकर्ता रहेको कुमारी सहकारीको एक अर्ब ४९ करोड रुपैयाँ अपचलनमा संलग्न पुनलगायत अभियुक्तविरुद्ध सहकारी ऐन–२०७४ अनुसार कारबाही थालिएको हो । पुन सहकारीका पूर्वसञ्चालक हुन् ।