दक्षिणकाली वन क्षेत्रमा डढेलो फैलियाे

 संवाददाता    २०८१, ८ फाल्गुन बिहीबार १५:५५     68 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – काठमाण्डाैकाे दक्षिणकाली वन क्षेत्रमा डढेलो फैलिएको छ । हिजो बेलुका ५ बजेदेखि डढेलो लागेको दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार डढेलो निभाउने प्रयास गरिए पनि पूर्णरूपमा निभाउन सकिएको छैन । नगरपालिकाको वडा नम्बर ४, ३ र १ को जङ्गल क्षेत्रमा डढेलो फैलिएको तथा यसले ३० हेक्टरभन्दा बढी वन क्षेत्र जलिसकेको उहाँले बताउनुभयो ।

अहिले नगर प्रहरी, जनपथ प्रहरी तथा स्थानीय उपभोक्ता आगो निभाउन खटिएका छन् । सडक मार्गले काटेको क्षेत्र भएकाले बस्तीमा आगो सल्किने सम्भावना टरेको मेयर बस्नेतकाे भनाइ छ ।