हमासले ९ महिने बच्चासहित इजरायललाई दियो चार बन्दीको शव

 संवाददाता    २०८१, ८ फाल्गुन बिहीबार १५:३६     100 जनाले पढ़िसके



Spread the love

हमासले बिहीबार गाजामा बन्दी बनाइएका चार जनाको शव इजरायललाई फिर्ता गरेको छ । सन् २०२३ को अक्टोबरयता हमासले बन्धकको शव फिर्ता गरेको यो पहिलो पटक हो ।

रिहा गरिएका शवमा ३२ वर्षकी सिरिस बिबास र उनका ४ वर्ष र ९ महिने छोराको शव पनि छ ।

यी सबैलाई १६ महिनाअघि हमासले दक्षिण इजरायलको किबुत्ज निर ओजस्थित घरबाट अपहरण गरेको थियो । चौथो शव ८३ वर्षका ओदेद लिफ्शित्जको हो । हमासका सेनाले ओदेद र उनकी पत्नी योचेभ्डलाई पनि किबुत्ज निर ओजबाट अपहरण गरेर लगेको थियो । योचेभ्डलाई भने २०२३ को अक्टोबर २४ मै रिहा गरेको थियो ।

हमासले युनिस खानको दक्षिण सहरमा एउटा मञ्चमा चार वटा कालो कफिन राखेको थियो । सुरुमा यी कफिन रेड क्रसलाई दिइएको थियो । त्यहाँबाट कफिन गाजाभित्र रहेका इजरायली सेनाको हातमा परेको इजरायली अधिकारीहरूले पुष्टि गरेका छन् ।

फरेन्सिक जाँचका लागि शवलाई तेल अभिभमा रहेको अबु काबिर इन्स्टिच्युट अफ फरेन्सिक मेडिसिनमा लगिनेछ ।