आइफोन १६–ई सार्वजनिक, के छन् विशेषता?

 संवाददाता    २०८१, ८ फाल्गुन बिहीबार १३:३८     70 जनाले पढ़िसके



Spread the love

एप्पलले आइफोन १६–ई सार्वजनिक गरेको छ।

कम्पनीले दाबी गरेअुनसार यसमा उच्च क्षमताको ब्याट्री प्रयोग गरिएको छ।

कम्पनीका अनुसार आइफोन १६–ई मा एप्पल इन्टेलिजेन्स फिचर समावेश गरिएको छ।

यो फोनमा ६.१ इञ्चको सुपर रेटिना डिस्प्ले जडान गरिएको छ। त्यस्तै, पछाडि ४८ मेगापिक्सल क्यामरा जडान गरिएको छ भने अगाडि १२ मेगापिक्सल क्यामरा छ।

यो फोनमा आइओएस १८ सफ्टवेयर जडान गरिएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार कम्पनीले आइफोन एस–ई सिरिजको सट्टा ई सिरिज सार्वजनिक गरेको हो।

यो फोन १२८ जिबी, २५६ जिबी र ५१२ जिबी क्षमतामा पाइनेछ।

यसको मूल्य क्रमशः भारू ५९ हजार ९ सय, ६९ हजार ९ सय र ८९ हजार ९ सय तोकिएको छ।

यो फोन ग्राहकले कालो र सेतो गरी दुई रंगमा किन्न पाउँनेछन्।