ट्रम्पको आरोप-जेलेन्स्की तानाशाह हुन्

 संवाददाता    २०८१, ८ फाल्गुन बिहीबार ०७:४५     93 जनाले पढ़िसके



Spread the love

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की ‘तानाशाही’ भएको आरोप लगाएका छन् ।

जेलेन्स्कीले युक्रेनको बारेमा रुसले गलत सूचना फैलाइरहेको र त्यसबाट ट्रम्प पनि भ्रममा परेको टिप्पणी गरेपछि ट्रम्पले जेलेन्स्कीबारे कडा टिप्पणी गरेका हुन् ।

 

उनले सोसल मिडिया ट्रुथ सोसलमा जेलेन्स्कीलाई चुनावविना राष्ट्रपति बनेको तानाशाहको संज्ञा दिएका हुन् ।

जेलेन्सीको राष्ट्रपतिको कार्यकाल सन् २०२४ को मे महिनामा समाप्त हुने थियो । तर सन् २०२२ को फेब्रुअरीदेखि रुससँग युद्ध सुरु भएपछि त्यहाँ चुनाव हुन सकेको छैन ।

 

ट्रम्पले यसअघि जेलेन्स्कीको लोकप्रियता जम्मा चार प्रतिशत रहेको समेत बताएका थिए । तर बीबीसीको फ्याक्टचेकमा अझै पनि ५७ प्रतिशत युक्रेनी जनता जेलेन्स्कीको पक्षमा रहेको पाइएको थियो ।