क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिस अस्पताल भर्ना

 संवाददाता    २०८१, ७ फाल्गुन बुधबार १५:३४     98 जनाले पढ़िसके



Spread the love

क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिस अस्पताल भर्ना भएका छन्।

बीबीसीका अनुसार ८८ वर्षीय पोप फ्रान्सिसका दुवै फोक्सोमा निमोनिया भएको छ र अवस्था स्थिर छ।

भ्याटिकनले पोप फ्रान्सिसको छातीको सिटी स्क्यान गर्दा निमोनिया भएको देखिएको बताएको छ।

पोप फ्रान्सिसले आफ्ना प्रियजनहरूलाई आफ्नो स्वास्थ्यलाभका लागि प्रार्थना गर्न आग्रह गरेका छन्।

पोप रोमन क्याथलिक समुदायका धर्मगुरु हुन्।