अवैध आप्रवासीलाई कसरी फिर्ता पठाउँछ अमेरिकाले ? ह्वाइट हाउसले जारी गर्‍यो भिडियो

 संवाददाता    २०८१, ७ फाल्गुन बुधबार ११:४८     72 जनाले पढ़िसके



Spread the love

अमेरिकाले अवैध आप्रवासीलाई उनीहरूकै मुलुकमा फिर्ता पठाउने अभियानलाई तीव्रता दिएको छ । कतिपय मुलुकले अवैध आप्रवासीलाई ठुलो अपराधीसरह व्यवहार गरी हतकडी तथा नेल लगाएर पठाउने गरेको भन्दै अमेरिकाको आलोचना गरेका छन् ।

यसैबिच अमेरिकी राष्ट्रपतिको कार्यालय ‘ह्वाइट हाउस’ले अवैध आप्रवासीलाई पठाउन तयार गरिरहेको अवस्थालाई भिडियोमा कैद गरी सार्वजनिक गरेको छ । ‘ह्वाइट हाउस’ले आफ्नो ‘एक्स’ ह्यान्डलबाट उक्त भिडियो सार्वजनिक गरेको हो । ४१ सेकेन्डको उक्त भिडियोमा डिपोर्ट गर्न लागिएका एक अवैध आप्रवासीलाई तयार गरिरहेको दृश्य कैद गरिएको छ । ती आप्रवासीको अनुहार भने देखाइएको छैन ।