प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्न नाम टिपाए पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ बोलिनन्।
सभामुख देवराज घिमिरेले शून्य समयमा बोल्नका लागि सांसद श्रेष्ठको नाम तीन पटकसम्म बोलाएका थिए। तर सांसद श्रेष्ठले उक्त समयमा धारणा नराखेकी हुन्।
उनी मंगलबारको प्रतिनिधि सभा बैठक सुरू हुँदा बैठकमा उपस्थित रहेकी थिइन्।
तर सभामुखले तीन पटकसम्म नाम उच्चारण गर्दा संसदको लाइभमा भने सभामुखलाई मात्रै देखाइएको थियो, सांसद बसेका ठाउँ देखाइएको थिएन।
सभामुखले बोल्नका लागि सांसद श्रेष्ठको नाम उच्चारण गर्दा सांसद श्रेष्ठ बैठक कक्षमा थिइनन्।
सांसद श्रेष्ठले सोमबार भारतको ओडिसामा भएको घटनाबारे बोल्न समय माग गरे पनि सभामुखले समय दिएका थिएनन्।