अन्तत: कलिंग इन्स्टिच्युटले माग्यो माफी

 संवाददाता    २०८१, ६ फाल्गुन मंगलवार १६:१८     85 जनाले पढ़िसके



Spread the love

नेपाली विद्यार्थीहरूमाथि दुर्व्यवहार भएको घटनामा भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) ले माफी मागेको छ।

किटका उपकुलपति शरणजित सिंहले मंगलबार एक विज्ञप्ति जारी गर्दै कलिंग इन्स्टिच्युटमा भएको घटनाबाट स्तब्ध भएको उल्लेख गरेका छन्। किटमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको गत आइतबार मृत्यु भएको थियो।

साथै उनले नेपाली विद्यार्थीहरूमाथि गरिएको व्यवहारप्रति खेद पनि व्यक्त गरेका छन्।

‘हाम्रा दुई कर्मचारीहरूले गरेका टिप्पणी अत्यन्त गैरजिम्मेवारपूर्ण छन्, हामी उनीहरूको कार्यलाई समर्थन गर्दैनौं, त्यसैले हामीले उनीहरूलाई सेवाबाट हटाएका छौं, उनीहरूले आफ्नो टिप्पणीप्रति माफी पनि मागेका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली विद्यार्थी र जनताप्रति हाम्रो स्नेह छ। हामी उनीहरूलाई त्यति नै माया गर्छौं जति हामी भारतका मानिस र विश्वका मानिसहरूलाई माया गर्छौं।’

साथै उपकुलपति सिंहले नेपाली विद्यार्थीहरूलाई तत्काल नियमित शिक्षामा सामेल हुन पनि आग्रह गरेका छन्।


480222664_937939221847376_1972758798189831192_n-1739872978.jpg