राजदूत शंकर शर्माले गरे केआईआईटीका संस्थापक अच्युत सामन्तसँग कुराकानी

 संवाददाता    २०८१, ६ फाल्गुन मंगलवार १५:०७     68 जनाले पढ़िसके



Spread the love

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्‍यु र नेपाली विद्यार्थीमाथि गरेको दुर्व्‍यवहारको घटनाबारे भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)का संस्थापक अच्युत सामन्त टेलिफोनमा कुराकानी गरेका छन् ।

राजदूत शर्माले मंगलबार दिउँसो केआईआईटीका संस्थापक सामन्तसँग टेलिफोनमा कुराकानी गरेका हुन् । साथै मंगलबार नै केआईआईटीकाका प्रतिनिधिहरूसँग पनि राजदूत शर्माले भेट गरेको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

टेलिफोनमा नेपाली विद्यार्थीप्रति भएको दुव्‍यवहारप्रति सामन्तले सार्वजनिक रूपमा कलेजले माफी मागेको र केही सुरक्षागार्ड तथा कर्मचारीमाथि कारबाही गरिएको बताएका थिए ।

यसका साथै मंगलबार दिउँसै राजदूत शर्माले किटका प्रतिनिधिहरूसँग पनि भेटेर कुराकानी गरेको भारतीय सञ्‍चारमाध्यमले जनाएको छ ।

आइतरबार ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।

लम्साललाई सोही युनिभर्सिटीमा अध्ययनरत अड्विक श्रीवास्तव नामक युवकले मानिसक यातना दिने गरेका थिए । त्यसबारे युनिभर्सिटी प्रशासनलाई निवेदन दिँदा समेत कुनै कारबाही भएको थिएन ।

यस्तोमा लम्सालको मृत्युपछि यो मामलामा गम्भीर जाँच गर्न माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका थिए । तर, सोमबार युनिभर्सिटी प्रशासनले विद्यार्थीको प्रदर्शनलाई दबाउन लाठी चार्ज गरेको थियो । होस्टलबाट नेपाली विद्यार्थीलाई बाहिर निकालेको थियो ।

  • होस्टलका सुरक्षागार्डले कुटपिट गरेको भिडियो भाइरल भएपछि यस विषयमा प्रहरीमा समेत उजुरी परेको थियो ।