अमेरिका र रुसबीच हुने वार्तामा युक्रेनलाई बोलाइएन

 संवाददाता    २०८१, ५ फाल्गुन सोमबार १०:४८     65 जनाले पढ़िसके



Spread the love

युक्रेनका लागि अमेरिकी विशेष राजदूत किथ केलगले सोमबार साउदी अरबमा हुने वार्तामा युक्रेनले भाग लिने बताएका थिए । तर, युक्रेन सम्बद्ध एउटा स्रोतले त्यहाँ कुनै पनि प्रतिनिधिमण्डल उपस्थित नहुने बताएको छ ।

यसअघि, ह्वाइट हाउसका मध्यपूर्व प्रतिनिधि स्टिभ विटकफले आइतबार साउदी अरेबियाको भ्रमण गर्ने पुष्टि गरेका थिए ।

उनको भ्रमणको उद्देश्य युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबीचको पहिलो वार्ता हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्ध अन्त्य गर्ने बारेमा फोनमा कुरा गरेका छन् ।

यसपछि उनले छलफल अगाडि बढाउन दुवै जना चाँडै भेट्ने बताएका थिए । युक्रेन र युद्धको बारेमा छलफल तीव्र भएको छ ।

तर, ट्रम्प र पुटिनबीचको यो कुराकानीपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई समावेश नगराइएको कुनै पनि सम्झौता स्वीकार नगर्ने बताएका थिए ।