ग्यास विस्फोट घटना सम्झिँदै विनिता कठायतले भनिन् : के भीआईपी मात्रै मान्छे हुन् ?

 संवाददाता    २०८१, ४ फाल्गुन आईतवार १४:५७     81 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले समस्यामा परेका सबैको समान रूपमा उद्धार र उपचार हुनुपर्ने बताएकी छन् । तर, राज्यको व्यवहार सर्वसाधारण नागरिकका लागि एक र भीआईपीका लागि अर्को व्यवहार हुने गरेको उनको भनाइ छ ।

आइतबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उनले समस्यामा परेका सबैको समान रूपमा उद्धार र उपचार हुनुपर्ने बताएकी हुन् ।

‘हिजो पोखरामा भएको घटना र कमलपोखरीमा भएको घटना दृष्टिकोणमा दुवै उही प्रकृतिको गम्भीर दुर्घटना हो । कमलपोखरीको दुर्घटना अझ बढी गम्भीर छ,’ उनले भनिन् ।

यो पनि पढ्नुहोस

म:म पसलमा ग्यास विस्फोट घटनामा थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

शनिबार पोखरामा बेलुन पड्किएर त्यसको जलनबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् । दुवैलाई उपचारका लागि हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको छ ।

पौडेल र अचार्यको स्वास्थ्य लाभको काम गर्दै सांसद कठायतले उद्धारमा भने राज्यले कमलपोखरीको दुर्घटनालाई कम महत्त्व दिइएको बताइन् ।

यो पनि पढ्नुहोस

पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

काठमाडौंकै कमलपोखरीस्थित शानदार मःम सेन्टरमा ग्यास सिलिन्डर पड्केर आगलानी भएको थियो । उक्त आगलागीबाट पीडित भएकामध्ये चार जनाको मृत्यु भइसकेको छ ।

कमलपोखरीको ग्यास बिस्फोट घटनापछिको उद्धार सम्झिँदै सांसद काठायतले राज्यले कमलपोखरीको दुर्घटनालाई कम महत्त्व दिइएको बताएकी हुन् ।

रेस्क्युको सवालमा यो देशमा भीआईपीहरूलाई हेलिकप्टर लगिन्छ । तर, आम जनताका लागि भने एम्बुलेन्स पनि समयमा पुग्दैन र पिकअप गाडीमा राखेर अस्पताल पुर्‍याइन्छ,’ सांसद कठायतले भनिन् ।

यो पनि पढ्नुहोस

अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार सुरु

संविधानले देशका सबै नागरिक समान रहेको भनेको र यही अनुसार व्यवहार हुनुपर्ने उनको माग छ । उनी अगाडि भन्छिन्, ‘तर, व्यवहारले भन्छ भीआईपी मात्रै मान्छे हुन् । भुँइ मान्छेका नागरिक दोस्रो दर्जाको नागरिक हुन् जस्तो देखाउँछ ।’

यो राज्यको विभेदकारी व्यवहारको उदाहरण भएको उनले बताइन् । यस्तै विभेदाकारी व्यवहारले कर्णालीका नागरिकलाई समेत नागरिक नदेख्ने गरेको र विकासमा पछाडि पर्ने गरेको उनले बताइन् ।