विदेशी मुद्रासहित अमेरिकी नागरिक विमानस्थलबाट पक्राउ

 संवाददाता    २०८१, ४ फाल्गुन आईतवार १३:२६     76 जनाले पढ़िसके



Spread the love

अवैध रूपमा विदेशी मुद्रा बाह्य मुलुक लग्न लागेको आरोपमा एक जना अमेरिकी नागरिक पक्राउ परेका छन्।

शनिबार दिउँसो प्रहरीले विदेशी मुद्रासहित ४६ वर्षीया अमेरिकी नागरिक नी यानलाई पक्राउ गरेको हो।

बाटिक एयरबाट मलेसिया जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ जानेक्रममा उनलाई सुरक्षाकर्मीले जाँच गरेको थियो।

त्यसक्रममा उनको झोलाबाट १२ हजार ७४८ अमेरिकी डलर, २४९ सिंगापुर डलर, १२ हजार इन्डोनेसियन रूपिया, १ सय मलेसियन रिङ्गिट, विभिन्न कम्पनीका मोबाइल १९ वटा, सिम कार्ड २८ थान र मेमोरी कार्ड १२२ वटा फेला पारी पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान गर्न प्रहरी वृत्त गौशाला पठाइएको छ।