ग्यास विस्फोट घटनामा थप एक जनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

 #दुर्घटना     २०८१, ४ फाल्गुन आईतवार ११:००     75 जनाले पढ़िसके



Spread the love

राजधानीको कमलपोखरी स्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटको घटनामा थप एक जनाको मृत्यु भएको छ ।

काभ्रेको बेथानचोक घर भएर कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए । लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुँदै आएको थियो ।