नयाँ दिल्ली रेलवे स्टेसनमा किन भयो भागदौड ?

 संवाददाता    २०८१, ४ फाल्गुन आईतवार १०:५६     69 जनाले पढ़िसके



Spread the love

राजधानी दिल्लीको नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा मृत्यु हुनेको संख्या १८ पुगेको छ । ‘भागदौडको कारण अनुसन्धान पछि थाहा हुनेछ । यो काम रेलवेले गर्नेछ ।’ रेलवे स्टेसनमा भागदौ कसरी भयो भन्ने प्रश्नमा, डीसीपी रेलवे केपीएस मल्होत्राले भने ।

‘हामीले भीड अनुमान गरेका थियौँ । तर, दुईवटा रेल ढिलाइ भएको र त्यहाँ धेरै मानिसहरू जम्मा भएको कारण यस्तो अवस्था सिर्जना भयो । तथ्य पत्ता लगाउने काम रेलवेले गर्नेछ ।’ अझ अगाडि उनले भनेका छन् ।

मल्होत्राका अनुसार रेल छुट्ने समयमा ९ बजेतिर भीड बढेको थियो । एकै ठाउँमा धेरै मानिसहरू रेलको पर्खाइमा रहँदा कुनै गलत जानकारी फैलिन्छ, त्यसले भागदौड पनि निम्त्याउने उनको भनाइ थियो । पछिल्लो घटना किन भयो भन्नेबारे अनुसन्धान गरिने र त्यसपछि तथ्य बाहिर आउने उनले बताए ।