सनफ्लावर तेलको मूल्य घट्यो

 संवाददाता    २०८१, २ फाल्गुन शुक्रबार २०:५६     70 जनाले पढ़िसके



Spread the love

बजारमा सनफ्लावर तेलको मूल्य घटेको छ।

नेपाल खुद्रा व्यवसायी संघको तथ्यांकले यस्तो देखाएको हो।

बजारमा खाने तेल भुटेको तोरीको तेल, काँचो तोरीको तेल, सनफ्लावर तेल र भटमासको तेल पाइन्छ।

ती मध्ये सनफ्लार तेलको मूल्य मात्रै घटेको छ।

संघको तथ्यांक अनुसार १५ दिनको तुलनामा सनफ्लावर तेलको मूल्य प्रतिलिटर पाँच रूपैयाँले घटेको हो।

माघ १५ गते बजारमा सनफ्लावर तेल प्रतिलिटर दुई सय ५० रूपैयाँमा बिक्री भइरहेको थियो भने फागुन एक गते आइपुग्दा प्रतिलिटर दुई सय ४५ रूपैयाँमा बिक्री भइरहेको छ।

त्यस्तै, भुटेको तोरीको तेल प्रतिलिटर चार सय १०, काँचो तोरीको तेल दुई सय ४५ देखि तीन सय २५ र भटमासको तेल दुई सय ५० रूपैयाँ छ।