शान्दार मःम पसलमा भएको ग्यास विस्फोटका घाइतेमध्ये थप एक जना ज्यान गयो

 संवाददाता    २०८१, २ फाल्गुन शुक्रबार २०:४८     98 जनाले पढ़िसके



Spread the love

काठमाण्डौ – काठमाण्डौको कमलपोखरीमा रहेको शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएकामध्ये थप एक जनाको उपचारका क्रममा ज्यान गएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार आज दिउँसो उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भइ काठमाण्डौ महानगरपालिका–२८ बस्दै आएका २२ वर्षीय प्रदीप तामाङको ज्यान गएको हो ।

विस्फोटमा ११ जना घाइते भएकोमा यसअघि दुई जनाको ज्यान गएको थियो । अरू घाइतेको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार भइरहेको छ ।