गुल्मीमा दुई दिनअघि घरबाट हिँडेका पुरुष खोल्सामा मृत भेटिए

 संवाददाता    २०८१, २८ माघ सोमबार २१:०१     96 जनाले पढ़िसके



Spread the love

गुल्मीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–३ धरमपानी निवासी ४८ वर्षीय तुलबहादुर कार्की मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कार्की माघ २६ गते घरबाट कसैलाई जानकारी नगराई हिँडेका थिए ।

 

उनको सोमबार दिउँसो धरमपानिस्थित खोल्सामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले बताए ।

घटनाबारे जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालको कमाण्डमा प्रहरी टोली परिचालन भएको छ ।

 

मृतक कार्कीको घर परिवारमा श्रीमती र २ छोरा रहेको प्रहरीले जनाएको छ ।