शंखरापुरमा एउटा चितुवा मृत फेला

 संवाददाता    २०८१, २८ माघ सोमबार १४:१३     77 जनाले पढ़िसके



Spread the love

काठमाडौंको शंखरापुरमा एउटा चितुवा मृत फेला परेको छ।

सोमबार बिहान साढे ९ बजे शंखरापुर नगरपालिका-८ कठनचोकस्थित कालिका देवी सामुदायिक वनमा चितुवा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

चितुवा सडिसकेको अवस्थामा फेला परेको हो।

वनका अध्यक्ष श्रीकृष्ण के.सीले प्रहरी प्रभाग साँखुमा खबर गरेपछि प्रहरीको टोली खटिएको थियो।

इलाका वन कार्यालय साँखुबाट वन अधिकृत सहितको टोली खटिएको थियो।