रेशम चौधरीले भने– चिल गाडीबाट ओर्लिँदा नओर्लिँदै मेरो अध्यक्ष पद त गइसकेछ

 संवाददाता    २०८१, २७ माघ आईतवार १४:०२     80 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टीले भव्यरुपमा महाधिवेशन गरे पनि स्वीकृत नभएकोमा असन्तुष्टि पोखेका छन् । आइतबार नेसपा (नयाँ शक्ति) को महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सत्तासँग कुरा नमिल्दा आफ्नो अध्यक्ष पद नै गएको स्मरण गरे । नेसपाको महाधिवेशन पनि त्यस्तै हुनसक्ने उनले उनले बाबुराम भट्टराईलाई सचेत गराए ।

‘महाधिवेशन गर्नेको पनि स्वीकृत नगर्ने चलन छ । एक लाख ३९ हजार जनालाई भात खुवायौँ टिकापुरमा । नाउपाले महाधिवेशन गर्‍यो । एक एक मिनेट गर्दा पनि रातिको १० बज्यो । पाँच पाँच जना सांसद लिएर निर्वाचन आयोगमा अद्यावधिका लागि पुग्यौँ’, उनले भने, ‘आयोगका पदाधिकारीसँग कति समय लाग्छ भनेर सोध्यौँ । उहाँले पाँच महिना लाग्छ भन्यो । सत्तासँग कुरा मिलेन । भोलि चिल गाडीबाट ओर्लिँदा नओर्लिँदै मेरो अध्यक्ष पद त गइसेके छन् ।’

कार्यक्रममा उनले भट्टराईलाई चिन्ता गर्न आग्रह गर्दै उनले आफूहरू साथमा रहेको बताएका थिए ।