चितवनमा बस दुर्घटना

 संवाददाता    २०८१, २७ माघ आईतवार ०७:१९     57 जनाले पढ़िसके



Spread the love

चितवन । चितवनमा आइतबार बिहान बस दुर्घटनामा परेको छ । नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको लु प्र०३–००१ख ००७७ नम्बरको बस बिहान ४ः३० बजे नारायणगढ–मुग्लिङ सडकखण्डको सेतीदोभान पुलबाट खसेर दुर्घटनामा परेको हो ।

बसमा सवार २८ जनामध्ये २२ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन्।

उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।