काठमाडौंबाट कैलाली आउँदै गरेको बस दुर्घटना

 संवाददाता    २०८१, २२ माघ मंगलवार १४:२०     71 जनाले पढ़िसके



Spread the love

काठमाडौंबाट कैलाली आउँदै गरेको बस दुर्घटना भएको छ।

मंगलबार सुपप्र ०४००१ ख ००२ नम्बरको शिवपुरी यातायातको बस कैलालीको लम्कीचुहा–३ गोराङ्गेमा दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार दुर्घटनामा चार जना यात्रु घाइते भएका छन्।

उनीहरूमध्ये तीन जनाको अवस्था सामान्य छ। घाइते हुनेमा दार्चुलाकी २२ वर्षीया सपना बोहोराको अवस्था मध्यम छ भने लालरत्न अस्पतालमा उपचार भइरहेको छ।

बसमा ४० जना सवार रहेकामा अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ।